चितवन । नेपाली कांग्रेस भरतपुर पाचँले सरकारी भवनबाट कार्यालय सन्चालन नगरे वडा कार्यालयमा तालाबन्दि गर्ने चेतावनी दिएको छ । आज वडा अध्यक्ष पदमपाडि सुबेदी लाई बिशेष ध्यानाकर्षण पत्र बुझाउदै कांग्रेसले यस्तो चेतावनी दिएको हो । सेवाग्राहीलाई सहज सेवा लिने अवसरबाट बन्चित गरी मनोमानि ढङ्गले निजी भवनमा कार्यालय सन्चालन गरीएको भन्दै कांग्रेसले आपत्ति जनाएको छ । वडा भित्रै महानगरको दुई वटा भवनको बेवास्ता गरी दलिय स्वार्थमा लागेर निजी भवनबाट सेवा सन्चालन गरेको कांग्रेसको आरोप छ । तीस दिन भित्र आफ्नै सरकारी भवनबाट सेवा सन्चालन नगरे कांग्रेसले भाडाको भवनमा तालाबन्दि गर्ने चेतावनि दिएको छ । कांग्रेसले आफ्नै भवनबाट सेवा सुचारु गर्न पटक पटक आग्रह गर्दै आएको छ । वडा अध्यक्ष पदमपाडि सुबेदीले तत्काल सर्बदलिय बैठक राखेर समस्याको समाधान खोजिने जानकारी दिनुभएको छ ।








