काठमाडौँ । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन सोमबार तोलामा २ सय रुपैयाँले बढेर ९१ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ६ सय रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार १९० रुपैयाँमा कारोबार भैरहेको छ ।








