बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत पाएका छन्। आज बसेको प्रदेश सभा बैठकमा उनले विश्वासको मतका लागि प्रस्ताव पेश गरेका थिए ।
मुख्यमन्त्री केसीका पक्षमा ४२ मत आएको सभामुख पूर्णबहादुर घर्तीले प्रदेश सभामा घोषणा गरेर सुनाएका छन्। एक जना सांसद (उपसभामुख कृष्णी थारू) तटस्थ रहेकी छन्। प्रदेश सभामा ८० जना सांसद छन्। आज मतदानमा ४३ जना सांसद उपस्थित रहेका थिए। नेकपा माओवादी केन्द्रका केसीलाई माओवादी, नेपाली कांग्रेस, जसपाका सांसदको साथ छ।
प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरूले प्रदेश सभा बैठक नै बहिष्कार गरेका थिए।








