काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला ९१ हजार ६ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन सोमबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार १ सय रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । सोमबार चाँदी प्रतितोलामा १ हजार २१० रुपैयाँमा कारोबार भैरहेको छ ।








