काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बुधबार तोलामा २ सय रुपैयाँले घटेर ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५ सय रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार १९५ रुपैयाँमा कारोबार भैरहेको छ ।








