हेटौंडा । दलित संजाल मकवानपुरले रुकुम घटनाको विरोधमा बुधबार बागमती प्रदेश मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालयको गेटमा धर्ना दिएको छ । दलित संजल मकवानपुरले बिहान १० बजेदेखि ११ बजेसम्म रुकुम घटनाको विरोध र निस्पक्ष छानविनको माग गर्दै मुख्य मन्त्री तथा मन्त्रीपरिषदको कार्यालय अगाडि धर्ना दिएको हो। रत्नलाल विकको नेतृत्वमा गएको अधिकारकर्मीहरुको टोलिले भौतिक दुरी कायम गरी धर्ना दिएका थिए। संजालले रुकुम घटनाको विरोधमा हिजो मंगलबार जिल्ला प्रशासन कार्यालय मकवानपुरको गेटमा एक घण्टा धर्ना दिएका थिए।








