चितवन । अष्ट्रेलियामा इन्फर्मेसन टेक्नोलोजी (आइटि) अध्ययन गरिरहेका नेपाली विद्यार्थीको करियरमा सहयोगका पुर्याउने उद्देश्यका साथ मेट्स र एक्स्ट्राटेकबिच सम्झौता भएको छ। ईन्फर्मेसन टेक्नोलोजीका नेपाली विद्यार्थीहरुलाई रोजगारमूलक तालिम, पढाईपछि कामको खोजी, ईन्टर्नशिप लगायतमा सहकार्य गर्ने सम्झौतामा हस्ताक्षर भएको हो ।
गत अगष्ट १० तारिखका दिन मेट्स ईन्टरनेशनल एजुकेशन एण्ड भिसा सर्भिसेजका अपरेशन म्यानेजर विवेक श्रेष्ठ र एक्स्ट्राटेक प्रा.लि.का अपरेशन म्यानेजर सन्तोष श्रेष्ठबीच यो सहकार्य सम्झौतामा हस्ताक्षर भएको मेट्सले जनाएको छ । सम्झौता पश्चात मेट्स ईन्टरनेशनलमार्फत अष्ट्रेलियाका विभिन्न राज्यमा रहेका शिक्षण संस्थाहरुमा पढाई पूरा गरेका विद्यार्थीहरुका लागि प्लेसमेन्ट, ईन्टर्नशिप तथा कामको खोजीमा एक्स्ट्राटेकले सहायता उपलब्ध गराउनेछ । यसले अष्ट्रेलियाको रोजगार क्षेत्र र बिद्यार्थीहरुलाई जोड्ने काम गर्नेछ ।
एक्स्ट्राटेकले अष्ट्रेलियाभर आईटी सेवा तथा तालिमहरु उपलब्ध गराउँदै आएको छ भने अष्ट्रेलिया र नेपालमा कार्यालय रहेको छ । यस्तै मेट्स ईन्टरनेशनलले अष्ट्रेलियासहित विभिन्न ७ देशमा रहेका आफ्ना शाखामार्फत विद्यार्थीहरुलाई एजुकेशन र माईग्रेसनको क्षेत्रमा सेवा दिँदै आएको छ । यो सहकार्य सम्झौताले आईटीको क्षेत्रमा पढाई सम्पन्न गरी रोजगारीमा जान लागेका विद्यार्थीहरुका साथै समग्र अष्ट्रेलियन समूदायलाई नै सहयोग पुग्नेछ भन्ने दुबै कम्पनीले विश्वास लिएका छन् ।








