काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला ९१ हजार रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन बिहिबार तोलामा २ सय रुपैयाँले घटेर ९० हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ३ सय रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । बिहिबार चाँदी प्रतितोलामा १० रुपैयाँले बढेर १ हजार २०५ रुपैयाँमा कारोबार भैरहेको छ ।








