काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन शुक्रबार तोलामा १ सय रुपैयाँले बढेर ९० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ४ सय रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । शुक्रबार चाँदी प्रतितोलामा १० रुपैयाँले घटेर १ हजार १९५ रुपैयाँमा कारोबार भैरहेको छ ।








