कुरिनटार । कोरोना कहरका कारण ४ महिनादेखि बन्द रहेको मनकामना केवलकार भदौ २० गते आईतबार देखि संचालनमा आउने भएको छ। बिहिबारदेखि गोरखामा निषेधाज्ञा हटेको र चितवनमा पनि निषेधाज्ञा खुकुलो भएसँगै केवलकार संचालनमा आउन लागेको हो।
वैशाख १७ गतेदेखि बन्द रहेको केवलकार सम्पूर्ण स्वास्थ्य मापदण्डको पालना गर्दै भदौ २० देखि संचालनमा आउने मनकामना दर्शन प्रा.लि.का नायब महाप्रबन्धक उज्वल शेरचनले जानकारी दिए। यद्यपी मनकामना केवलकार संचालनमा आएपनि मन्दिर कहिले खुल्छ भन्ने निश्चित भएको छैन।








