• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

होसियार ! अनलाइनबाट ठग्ने बढ्दै छन्

  •   आइतबार, भदौ २०, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ ।

    घटना १

    ४० वर्षीया रीता हमाल ‘नाम परिवर्तन’ अहिले निकै तनावमा छिन्। एकजना भारतीय नागरिकलाई ‘अनलाइन’ मा विश्वास गरेबापत उनी ‘डिप्रेसन’ मा गइसकेकी छिन्।

    आफ्नो खाता प्रयोग गरेर अरू कसैले ९५ लाख रुपैयाँभन्दा बढी ‘ठगी’ कारोबार गरेपछि रीता मानसिक तनावमा परेकी हुन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनको भारतमा बस्ने एक युवकसँग चिनजान भयो। उनले नेपाल र भारतमा चल्ने एटीएम आवश्यक परेकाले सहयोग गर्न महिलालाई आग्रह गरे।

    महिलाले पनि विश्वास गर्दै आफ्नो खाता नम्बर र एटीएम कुरियर गरेर भारतमा पठाइन्। युवकले महिलाको खाता र एटीएम प्रयोग गरेर विभिन्न मानिसहरूलाई ठगी गर्न थाले। महिलालाई समस्या तब आयो, जब खातामा पैसा पठाएका पीडितहरूले उनलाई खोजी गर्न थाले। पैसा माग्दै सम्पर्क गर्न थाले।

    बैंक खातामा अस्वाभाविक रूपमा कारोबार भइरहेको भन्दै प्रहरीले उनलाई सचेत गराएको थियो। उनको विरुद्ध प्रहरीमा उजुरी आउन थालेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ। महानगरीय अपराध महाशाखाका प्रवक्ता एसपी कृष्णप्रसाद कोइरालाका अनुसार करिब ६/७ महिनामा उनको खातामा ९५ लाख बराबरको रकम अनाधिकृत कारोबार भएको देखिन्छ।

    घटना २

    बागलुङ स्थायी घर भई भक्तपुरको सूर्यविनायकस्थित रोज भिलेज कोलोनीमा बस्ने २७ वर्षीया कोपिला शर्मा र १९ वर्षीया अमिसा केसीलाई महाशाखाको टोलीले गत वर्ष साउन ९ गते बुटवलबाट पक्राउ गर्‍यो। ती युवतीले सामाजिक सञ्जाल फेसबुक र टिकटकमार्फत युवाहरूसँग नजिक हुने र बिहे गरेर अमेरिका लैजाने भन्दै ठगी गरेकी थिइन्।

    उनीहरूले आफूहरू अमेरिकाको क्यालिफोर्निया बस्ने भन्दै युवाहरूसँग सम्बन्ध बढाउने गरेकी थिइन्। उनीहरूले युवाहरूबाट ६ लाख ६० हजार रुपैयाँ ठगी गरेको अनुसन्धानबाट पुष्टि भएको छ।

    घटना ३

    आफूलाई नेदरल्याण्डको नागरिक बताउने एक व्यक्तिले फेसबुकबाट विभिन्न युवतीहरूलाई ठगी गरेका थिए। आफू नेपाल घुम्न आउने, विवाह गर्ने र बहुमूल्य सामानहरू आइफोन, सुनका गरगहना तथा डलरसमेत पठाइदिने प्रलोभन देखाएर उनले ४१ लाखभन्दा बढी रकम ठगी गरे।

    उनले युवती तथा महिलालाई नेपालमा दीपक किशोर श्रेष्ठ र सन्तोष श्रेष्ठको नामको बैंक खातामा र आईएमई गरेर रकम जम्मा गर्न लगाउँथे। ठगिएका पीडितहरूले प्रहरीमा जाहेरी दिएपछि अनुसन्धानका क्रममा काठमाडौंको सुन्धाराबाट सन्तोष श्रेष्ठ र आशा श्रेष्ठ पक्राउ परे। जापानको अध्यागमन विभागमा काम गर्ने जापानी नागरिक भएको भन्दै फेसबुकमार्फत एक जनाले विभिन्न व्यक्तिबाट ३९ लाख बढी रकम ठगी गरेका थिए।

    उनले जापानमा कामदार भिसा दिलाइदिने भन्दै पैसा जम्मा गर्न लगाउँथे। अपराध महाशाखाको टोलीले ठगी कार्यमा संलग्न शुभद्रा परियार, पूजा राई, राजेन्द्र ढकाल र दिपिका केसीलाई पक्राउ गर्‍यो। यी केही उदाहरण मात्रै हुन्। अनलाइन तथा सामाजिक सञ्जालमार्फत ठगी गर्नेहरूको संख्या बढ्दो छ। सामाजिक सञ्जालमा साथी बनाउने, फाइदा हुन्छ भनेर भ्रममा पार्ने र ‘इमोनसनल ब्ल्याकमेलिङ’ गर्ने कार्य तीव्र बढेको छ। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.