काठमाडौं । हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापिय रेखा नेपालको तराई भु-भाग भन्दा केही तल रहेको छ।
मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशभर आन्शिक देखि सामान्य वदली रही प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेसहरुका एक वा दुई स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।
महाशाखा अनुसार यस्तो छ आजको मौसम:
२०७८ भाद्र २० गते (आइतबार)
दिउँसो: देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।
राती: देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श
देशको केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहनुको साथै प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघ गर्जन/चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउनु हुन अनुरोध छ।








