काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार प्रतितोला ९० हजार ९ सय रुपैयाँमा कारोबार भैरहेको छापावाला सुन आइतबार तोलामा ६ सय रुपैयाँले बढेर ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ ।
तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार रुपैयाँ कायम भएको छ । यस्तै, आज चाँदीको मूल्य बढेको छ । आइतबार चाँदी प्रतितोलामा ३५ रुपैयाँले बढेर १ हजार २३० रुपैयाँमा कारोबार भैरहेको छ ।








