काठमाडौँ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ)कालीप्रसाद पराजुलीको सरुवा भएको छ । गृह मन्त्रालयले मंगलबार सीडीओ पराजुलीलाई हटाएर उनको स्थानमा प्रशासन महाशाखाका सहसचिव गोविन्दप्रसाद रिजाललाई पठाएको हो ।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले पराजुलीलाई काठमाडौंका सीडीओको रुपमा जिम्मेवारी दिएको थियो ।








