• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ७. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • १०. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

कांग्रेसमा गुटैगुट

  •   आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौँ । महामन्त्रीमा उम्मेदवारी घोषणा गरेकै भोलिपल्ट कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्मा विमलेन्द्र निधि निवास पुगे। शुक्रबार निधिको पारिवारिक पूजामा सहभागी भए र आफू निधि गुटमा प्रवेश गरेको जनाउ दिए। १३ औं महाधिवेशनदेखि शर्मा पार्टी सभापति शेरबहादुर देउवा निकट थिए। देउवाले विश्वास गरेर प्रवक्ताको जिम्मेवारी दिएका शर्माले गुट परिवर्तन गरे। देउवाकै विश्वासपात्र निधि यसअघि नै अलग गुटको अभ्यासमा जुटिसकेका छन्।

    देउवा गुटबाट महामन्त्रीमा ‘सुरक्षित’ नठानेपछि प्रवक्ता शर्माले गुट फेरेको कांग्रेसी नेताहरू बताउँछन्। महामन्त्रीको उम्मेदवारका लागि आफूले सबै नेतासँग सल्लाह गरेको शर्माको भनाइ छ। ‘गुट र टिम बनाउने कुरा सभापतिमा उठ्नेले हो,’ उनी भन्छन्, ‘महामन्त्रीमा उठ्नेले होइन।’ १४ औं महाधिवेशनको रन्कोसँगै कांग्रेसमा गुट अदली बदली सुरु भएको छ। देउवालाई यतिबेला १३ औं महाधिवेशनका सारथीहरू जोगाउनुपर्ने आवश्यक्ता रहेको उनी निकट नेताहरू बताउँछन्। गोपालमान श्रेष्ठले पनि सभापतिमा इच्छा देखाएका छन्। तर, सभापति नपाए पनि श्रेष्ठले देउवालाई नै साथ दिने कांग्रेसी नेताहरूको बुझाइ छ।

    विगतमा देउवाविरुद्ध एकगठ भएको रामचन्द्र पौडेल गुटमा पनि विभिन्न चिरा देखिएका छन्। गुटलाई कायम राखेर एक जना मात्र सभापतिको उम्मेदवार छान्न यो गुटलाई हम्मे–हम्मे छ। शेखर कोइराला, प्रकाशमान सिंह, डा. शशांक कोइराला र सुजाता कोइरालाले पनि सभापतिमा दाबी गरेका छन्। धेरै आकांक्षी देखिएपछि पौडेल गुटबाट एक जना मात्र सभापति उम्मेदवार बन्ने सम्भावना कम छ। शेखरलाई गगन थापा, गुरुराज घिमिरे, चन्द्र भण्डारी, धनराज गुरुङलगायत युवा नेताहरूको समर्थन छ।

    १३ औं महाधिवेशनमा कृष्ण सिटौला गुटबाट महामन्त्रीमा उम्मेदवार बनेका गगन यतिबेला शेखर निकट छन्। शेखरले पनि गगनलाई महामन्त्रीमा सघाउने वचन दिएको नेताहरू बताउँछन्। यो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.