हेटौंडा । मकवानपुरका विद्यालय र शैक्षिक संस्था आजबाट खुल्ने भएका छन् । कोरोना संक्रमणको जोखिमको कारण करिब ५ महिनादेखि बन्द विद्यालयहरु आज खुल्न लागेका हुन् । पछिल्लो दिनहरुमा कोरोना संक्रमण पुष्टि हुनेको संख्यामा कमि आएसँगै जिल्ला प्रशसन कार्यलय मकवानपुरको जिल्ला कोभिड-१९ व्यवस्थापन केन्द्रको बैठकले मकवानपुरका विद्यालय तथा शैक्षिक संस्था खोल्न दिने निर्णय स्थानीय तहलाई दिएसँगै १० वटै स्थानीय तहका शैक्षिक संस्था खुल्ने भएका हुन् ।
गत भदौ १७ गते बसेको जिल्ला कोभिड(१९ व्यवस्थापन केन्द्रको बैठकले १० वटै स्थानीय तहलाई कोरोनाको अवस्था हेरेर विद्यालय खोल्न दिन् निर्णय गरेको थियो। शिक्षा विकास तथा समन्वय इकाई प्रमुख प्रेमराज खरेलको संयोजकत्वमा विद्यालयको सम्बन्धमा प्रतिवेदन पेश गर्न समिति गठन भएको थियो । जिल्ला कोभिड(१९ व्यवस्थापन केन्द्रको निर्णय अनुसार १० वटा स्थानीय तहमा रहेको शिक्षा विकास महाशाखाले महाशाखा अन्तर्गत पर्ने विद्यालयलाई विद्यालय संचालन सम्बन्धि कार्यढाचाँ सहित व्यवस्थापन समितिको निर्णय पठाउन विद्यालयलाई पत्राचार गरेको थियो।
पत्रचार अनुसारनै १० वटै स्थानीय तहमा रहेका अधिकांश सामुदायिक तथा निजि विद्यालय आज भदौ २७ गते आइतबारबाट खुल्ने भएका हुन् । सम्बन्धित विद्यालयले सूचना जारी गर्दै विद्यालय आज आइतबारबाट खोल्ने जनाएका छन्। विद्यालय संचालनमा आएपनि स्वास्थ्य मापदण्डलाई पूर्ण पालना गर्न,भौतिक दुरी कायम गर्न, भिडभाड हुने सामुहिक कार्य नगर्न नगराउन भनिएको छ ।








