• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम सफा रहने

  • ३. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ४. नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३ हजार ७५० डलर पुरस्कार

  • ५. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. तीन महिनामा २० हजारभन्दा बढीले गरे पाथीभराको दर्शन, ३३ लाख २६ हजार भेटी संकलन

  • ८. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ९. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • १०. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

संखुवासभा सामूहिक हत्या प्रकरणः नातामा नाति पर्ने आरोपित पक्राउ

  •   आइतबार, भदौ २७, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    संखुवासभाको मादी नगरपालिका–१ उम्लिङस्थित खोलागाउँमा भएको सामूहिक हत्यामा संलग्न भएको आशंकामा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। बौदमान कार्कीको परिवारका ६ जनाको सामूहिक हत्या भएको थियो। सो घटनामा संलग्न भएको आशंकामा नाति नाता पर्ने एकजनालाई पक्राउ गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ। संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले घटनाको अनुसन्धान भइरहेको र प्रारम्भिक अनुसन्धानपछि एकजनालाई पक्राउ गरिएको बताए। ‘अनुसन्धानमा भएको प्रगतिबारे आइतबारसम्म विस्तृत विवरण दिन्छौं,’ डिएसपी सुवेदीले शनिबार भने, ‘हत्यामा संलग्न भएको आशंकामा स्थानीय एक युवकलाई पक्राउ गरी अनुसन्धान थालिएको छ।

    घटनाका सबै प्रमाण जुटाउने काम भइरहेकाले अहिले नै पक्राउ व्यक्तिको नाम भन्न सक्दैनौं।’ प्रहरी स्रोतले भने सामूहिक हत्यामा संलग्न भएको आरोपमा बौदमानका जेठा दाजुका नाति २५ वर्षीय लोकबहादुर कार्कीलाई शनिबार बिहान पक्राउ गरिएको बताएको छ। ‘प्रारम्भिक अनुसन्धानबाट लोकबहादुरकै संलग्नतामा सामूहिक हत्या भएको देखिएको छ,’ स्रोतले भन्यो, ‘उनकै संलग्नता रहेको फेलापरेका केही प्रमाणले पुष्टि गरे पनि हत्या गर्नुको मुख्य कारण खुलिसकेको छैन। अन्य २/३ जनासमेत पक्राउ परेका छन्।’ पक्राउ परेका अन्य सहयोगी भएको प्रहरीको आशंका छ।

    त्यसैले उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान थालिएको हो। प्रहरीका अनुसार घटनास्थल र लोकबहादुरको घर करिब डेढ सय मिटरको दूरीमा छ। प्रहरी केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी), प्रदेश १ प्रहरी कार्यालय विराटनगर, संघीय एकाइ प्रहरी कार्यालय धरानसहित संखुवासभा प्रहरी टोलीले घटनाको अनुसन्धान गरिरहेको छ। पक्राउ परेका व्यक्तिको कपडामा रगत लागेको भेटिएको स्रोतले बतायो। रगत लागेको कपडा परीक्षणका लागि प्रहरीले विधि विज्ञान प्रयोगशालामा पठाएको छ। हत्यामा प्रयोग गरिएको रडसमेत फेलापरेको प्रहरीको भनाइ छ। त्यही रडले पछाडिबाट टाउकोमा प्रहार गरेर सबैको हत्या गरेको प्रहरी स्रोतले बतायो।

    हत्या गरिएका ६ जनाको शव सोमबार बिहान घर र आसपास भेटिएको थियो। घरमा रहेका ७ जनामध्ये बौदमान मात्रै जिवित भेटिएका हुन्। बौदमानकी पत्नी ८४ वर्षीया पार्वता, छोरा ५८ वर्षीय तेजबहादुर र उनकी पत्नी ५२ वर्षीया कमला, बुहारी ३२ वर्षीया रन्जना र नातिनातिना ११ वर्षीय दीपेन र ७ वर्षीया गोमाको हत्या भएको थियो। झापामा ८० लाख रूपैयाँमा जग्गा पास गर्ने तयारीमा रहेका बौदमानको परिवारै सखाप पार्नुको कारण पैसा लुटपाटका लागि भएको आशंका सुरुमा गरिए पनि घरभित्रै नगद रकम र गरगहना सुरक्षित फेला परेपछि यो घटना आर्थिक पाटोसँग नजोडिएको पाइएको थियो। लगभग ४ लाख ७० हजारभन्दा बढी नगद र सुन एवं चाँदीका गहना घरभित्रै भेटिएको प्रहरीले जनाएको छ।

    घटनास्थल दुर्गम र विकटमा भएकाले प्रहरी टोली पुग्न ढिला भएकाले २४ घण्टापछि अनुसन्धान सुरु भएको थियो। सोमबार बिहान शव भेटिए पनि मंगलबार बिहानबाट मात्रै अनुसन्धान थालिएको हो। प्रहरीले अनुसन्धानका लागि ‘ट्र्याकर’ डग पिकु र लैलालाई प्रयोग गरेको थियो। मारिएकामध्ये पाँचजनाको टाउकोमा चोट देखिएको प्रहरीले बताएको छ। प्रहरीका अनुसार पछाडिबाट टाउकोमा हानेर हत्या गरिएको घटना र शवको प्रकृतिले देखाएको छ। हत्यामा धारिलो हतियार भने प्रयोग गरेको पाइएको छैन।

    पार्वताको शव घरभित्रै थियो। गम्बुट लगाएको अवस्थामा तेजबहादुरको शव घरनजिक बाटोमा भेटिएको थियो। कमला र रन्जनाको शव घरनजिकको खोलामा तथा दीपेन र गोमाको शव घरमाथिको खरबारीमा भेटिएको प्रहरीले जनाएको छ। आजको नागरिक दैनिकमा खबर छ ।

    परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट
    देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली
    हराएका मतदाता फर्काउन मंसिरमा एक महिने अभियान चलाउँछौँः गगन थापा

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      आगामी तीन दिन देशका अधिकांश स्थानमा मौसम

    • ३.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ४.
      नेपाली बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीलाई मेटाबाट ३

    • ५.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.