चितवन । कोरोना महामारीको विसम परिस्थितिमा समेत कलेजले शुल्क छुट नदिएको भन्दै नेपाल पोलिटेक्निक इन्ष्टिच्यूटका विद्यार्थीहरु आन्दोलित भएका छन् । कोरोनाका समयमा प्रभावकारी अनलाइन कक्षा संचालन नभएको भन्दै विद्यार्थीले शुल्क छुटको माग गरेका हुन् । उनिहरले सेमेस्टरको शुल्कको २५ प्रतिशत छुट हुनुपर्ने माग गदै कलेज परिसर भित्र कुर्चि जलाएर बिरोध प्रदर्शन गर्नुका साथै तालावन्दी समेत गरेका छन् ।
विभिन्न संगठनको समर्थनमा उनिहरुले शुल्क छुट र गत बर्ष असोजमा भएको सेमेस्टरको निष्पक्ष परिक्षाफल प्रकाशितको समेत माग राखेका छन् । शुल्क छुटको माग गदै उनिहरुले फटक फटक आन्दोलन गरिरहेका छन् । विद्यार्थीका अनुसार पुर्वाञ्चल विश्वविद्यालयले २०७७ असोज १६ गते देखि लिएको होमबेस अनलाइन परिक्षामा त्रुटि गरेकाले विद्यार्थीको भविष्यमा खेलबाड भएको बताएका छन् ।
कलेज प्रशासनले भने शुल्क घटाउन र्वोड बैठक मार्फत जम्मा १० प्रतिशत शुल्क छुट दिने निर्णय गरिसकेको छ । कलेज प्रशासनले भने विद्यार्थीहरुलाई वार्ता मार्फत विवाद टुंग्याउन सकिने बताएको छ। पुर्वाञ्चल विश्वविद्यालय बाट प्रकाशित परिक्षाफलमा भएको त्रुटिको मागमा कलेज प्रशासन गम्भीर रहेको बताइएको छ।
पुर्वाञ्चल विश्व विद्यालयले २०७७ असोज १६ गते सम्म १,३,५,७, र ९ सेमेस्टरको होमबेस परिक्षा लिएको थियो । जसमा २ बजे सम्म उत्तर पुस्तिका बुझाउन समय दिइएको थियो । १ बजे सम्म पेश भएका उत्तर पुस्तिका मात्र परिक्षण गर्दा ७ र ९ सेमेस्टरको नतिजा अधुरो र त्रुटिपुर्ण आएको हो ।








