चितवन । नारायणगढको लायन्सचोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रत्ननगर नगरपालिका १० का ३१ वर्षीय युदुराज पौडेल रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोमबार बिहान १०:४५ बजे दाङबाट जनकपुर तर्फ जाँदै गरेको ना ८ ख ६२४९ नम्बरको ट्रकले बिपरित दिशाबाट आउँदै गरेको ना ३९ प २०९३ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको हो ।
ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक पौडेलको उपचारका लागि भरतपुर अस्पताल ल्याउने क्रममा बाटोमा नै मृत्यु भएको हो । उनको शव भरतपुर अस्पतालमा राखिएको छ । ठक्कर दिने ट्रक र चालक प्रहरीको नियन्त्रणमा रहेको छ ।








