काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप २७८ जनामा कोरोना भाइरस ९कोभिड १९० संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २९१२ पुगेको छ । जसमा ३३३ जना निको भएर घर फर्किएका छन् । पछिल्लो समय ४३ जना कोरोनामुक्त भई डिस्चार्ज भएका छन् । हालसम्म पीसीआर विधिबाट ८८ हजार तीन सय ६६ र आरडीटी विधिबाट एक लाख ३२ हजार ९ सय ६६ जनाको नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट चार हजार दुई सय ३२ र आरडीटी विधिबाट सात हजार चार सय २ जनाको नमुना परीक्षण गरिएको छ । शुक्रबारसम्म देशभरि १ लाख ६६ हजार ७ सय ६५ जना क्वारेन्टिनमा छन् ।








