• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

ड्रागन फ्रुट खेतीमा आकर्षण हुदै चितवनका किसान

  •   मङ्गलबार, भदौ २९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । केरा, पोल्ट्री, मौरी, तरकारीको हबको रुपमा विकास हुदै गएको चितवनमाचितवनमा पछिल्लो समय ड्रागन फ्रुट खेतीमा आकर्षण बढ्दै गइरहेको छ । साना किसानदेखि जिल्लाका अन्य व्यवसायीहरुले पनि ड्रागन फ्रुट खेती शुरु गर्न थालेका छन् । कोरोना प्रभावका अधिकांश उद्योग व्यवसायमा असर परेको बेला विकल्पको रुपमा उनीहरु कृषि व्यावसायतर्फ हात हालेका हुन् ।

    विगत ३ वर्ष यता चितवनमा करीब २५ बिघा जमिनमा व्यावसायिक रुपमा ड्रागन खेती शुरु भएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । वाग्मती प्रदेश कृषि विकास मन्त्रालयका प्रवक्ता राजन ढकालले मन्त्रालयले चितवनका लागि विशेष प्राथमिकतामा राखेर ड्रागन खेती विस्तारका लागि काम शुरु गरेको बताए । उनका अनुसार समूहका रुपमा १६ बिघा क्षेत्रमा ड्रागन फ्रुट खेती विस्तार भएको र अन्य व्यक्तिगत तर्फबाट साना किसानले पनि ८÷१० बिघामा खेती गरिसकेका छन् ।

    वर्षेनी ड्रागन फ्रुट खेती गर्ने किसानको संख्या बढ्दै गएको ढकालले बताए । शैक्षिक उद्यमी शम्भु सुवेदी र उनको समूहले भरतपुर गौरीगञ्जमा सत्सबेदा साईन्स एण्ड एग्रिकल्चर फर्म हाउस दर्ता गरेर २ वर्षदेखि डेढ बिघा जमिनमा ५ हजार बिरुवा रोपेर यो खेती गरेका छन् । कृषि ज्ञान केन्द्रको ड्रागन पकेट कार्यक्रम अन्तर्गत ५० प्रतिशत अनुदानमा यो खेती शुरु गरेको उनले जानकारी दिए । हालसम्म ४० लाख रुपैयाँ लगानी भइसकेको सुबेदीको भनाइ छ । यो खेती स्वास्थ्यका दृष्टिकोणले धेरै फलदायी र एक पटक रोपेपछी २० वर्षसम्म फल लिन पाइने भएकाले यसबाट राम्रो लाभ लिन सकिने भएकोले यस खेतीतर्फ आफ्नो आकर्षण बढेको सुबेदीको भनाइ छ । हाल यसको बजार मूल्य प्रतिकेजी ६०० देखि ८०० सम्म रहेको बताइन्छ ।

    यस्तै, भरतपुर महानगरपालिका वडा नम्बर २६ दिब्यनगरमा दुई दाजुभाइ पदमबहादुर गुरूङ र ताइबहादुर गुरूङले ५० लाख लगानीमा गंगाश्री बहुउद्देश्यीय कृषि फर्म खोलेर एक बिघा बढी जमिनमा ड्रागन फ्रुट खेती गरेका छन् । विदेशको रोजगारीबाट फर्केर यस खेतीको सम्भावना बढी भएकोले ड्रागन खेती थालेको उनीहरुको भनाइ छ । अन्य किसानले पनि सिको र परीक्षणको लागि पनि आफ्नो घर करेसाबारीमा समेत ड्रागन फ्रुट खेती शुरु गरेको देख्न सकिन्छ ।

    भरतपुर महानगर २१ पार्वतीपुरका किसान नारायण प्रसाद सोतीले ५ कठ्ठा क्षेत्रफलमा आफ्नो करेसा बारीमा ड्रागन फ्रुट खेती गरेको बताए । खाली खेर गएको जमिन पनि सदुपयोग हुने र ड्रागनको बिचमा अन्तर बालि पनि लगाउन मिल्ने भएकाले आफूले परीक्षणका रुपमा यस पटक ड्रागन खेतीको बिरुवासँगै धानखेती गरेकोे उनले बताए । चितवनमा ड्रागन फ्रुटको लागि उपयुक्त हावापानी र माटो रहेको र यसको माग र प्रतिफल पनि उच्च रहेकोले आफूहरु यस खेतीतर्फ आकर्षित भएको किसानहरुको भनाइ छ ।

    ड्रागन अहिलेसम्म परीक्षणकै रुपमा रहेको नयाँ खेती भएको र किसानहरुले आफैले विभिन्न तरिकाहरु गरेर परीक्षण समेत गर्दै आएको प्रदेश कृषि मन्त्रालयका प्रवक्ता ढकाल बताउँछन् । यो खेतीका लागि पानी नजम्ने बलौटे प्रकारको माटो चाहिने र चितवनको माटोमा यो खेती राम्रो हुने देखिएकाले आफूहरुले किसानलाई अनुदान प्रदान गरेर यहाका फार्मलाई नमूना र मोडल फार्मका रुपमा विकास गर्न लागेको ढकालले बताए ।

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.