चितवन । आज बिहान ईच्छाकामना गाउंँपालिका वडा नम्बर ५ स्थित नाग्दी खोलामा गएको पहिरो पन्छाएपछि पृथ्वी राजमार्ग सञ्चालनमा आएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार बिहान पौने ३ बजे पहिरो खसेको पहिरो बिहान ७ बजेदखि पन्छाउन शुरु भएको हो ।
राती परेको अबिरल बर्षाका कारण पहिरो खसेको र पहिरो पञ्छाएपछि पौने ८ बजे सञ्चालनमा आएको कार्यालयका प्रमुख भगवानराज थापाले जानकारी दिनुभयो ।
पहिरो गएको स्थान मुग्लिन बजारबाट करीब २ किलोमिटर काठमाडौं तर्फ पर्दछ ।








