चितवन । चितवनको खैरहनीमा तासको खालबाट १ लाख ४४ हजार नगदसहित ८ जना पक्राउ गरेका छन । पक्राउ पर्नेमा खैरहनी नगरपालिका वडा नम्बर ८ का कृष्ण श्रेष्ठ , वडा नंम्बर ६ पुरानो पर्साको नविन बस्नेत ,वडा नम्बर ८का बिष्णु सुनार रहेका छन । यस्तै प्रहरीले राप्ती नगरपालिका वडा नम्बर ६ भण्डाराका सुदिप गिरी , सोही वडाका दिपेश बर्तौला , चुडामणी थपलिया ,वडा नम्बर ४का केशव प्रसाद तिमिल्सिना र वडा नं.५े सुदन धरेल रहेका छन ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार खैरहनी नगरपालिका वडा नम्बर ८ लक्ष्मीनगर स्थित कृष्ण श्रेष्ठको घरमा तास तथा कौडा ा खेली रहेको भन्ने सूचनाको आधारमा मंगलबार सांँझ पांँचबजे सो स्थानमा खटी जाँदा कृष्ण श्रेष्ठ समेत ८ जना जम्मा भएर जुवातास खेलेका थिए । घरको तल्लो तलामा रहेको पछाडी पट्टीको कोठामा खाल थापी पैसाको हारजित हुने गरी तास तथा कौडा खेली रहेको अवस्थामा उनीहरु पक्राउ परेका हुन् ।
उनीहरुको साथबाट एक लाख ४४ हजार एकसय ७० रुपैंया बरामद गरेको प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले जानकारी दिए । उनीहरुलाई पक्राउ गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।








