• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड नेपाल एक्स्पो–२०२६’ आयोजना हुँदै

  • २. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • ३. उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक सम्मानित

  • ४. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ५. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ६. बिचौलियाको मारमा किसान

  • ७. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ८. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ९. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • १०. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

नेपाली कांग्रेसको पालिका अधिवेशन फेरि अनिश्चित

  •   मङ्गलबार, असोज ०५, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेपाली कांग्रेसको पालिका अधिवेशन फेरि अनिश्चित भएको छ । गत २५ भदौमा अन्तिम पटक संशोधित कार्यतालिका अनुसार वडा अधिवेशन सकेर यही असोज ९ गते देशभरका पालिकामा एकैपटक महाधिवेशन गर्ने कार्यतालिका बनेको थियो । तर १३ जिल्लाको क्रियाशील सदस्यता विवाद समाधान नहुँदा पालिका अधिवेशन पुनः प्रभावित हुन लागेको हो । कांग्रेसको केन्द्रीय निर्वाचन समितिका अनुसार अहिलेसम्म बाँकी १३ जिल्लाका क्रियाशील सदस्यको सूची विवाद मिलाएर पार्टीले हस्तान्तरण गरेको छैन ।

    त्यसैले वडा अधिवेशन भएका ठाउँमा मात्रै अघि बढ्ने निर्णय पार्टीबाट नभए आगामी ९ गते गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकाको अधिवेशन गर्न सम्भव छैन । पालिका अधिवेशन प्रभावित भए प्रदेशसभा निर्वाचन क्षेत्र, प्रतिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन स्वतः प्रभावित हुने छ । त्यसको असर प्रदेश र केन्द्रीय महाधिवेशनसम्म पर्न सक्छ । केन्द्रीय निर्वाचन समितिले यही अवस्थामा पालिका अधिवेशन असम्भव भएको ठहर गरिसकेको छ ।

    “यही अवस्थामा त कसरी अधिवेशन सम्भव हुने भयो र ?,” केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले भने, “अहिलेसम्म क्रियाशील सदस्यता नै हामीले पाएका छैनौँ । बाँकी जिल्लामा वडा अधिवेशन नै ९ गते सम्भव हुनेमा ढुक्का हुन सकिने अवस्था छैन ।” उनले पालिका अधिवेशन हुने नहुने विषयमा भने आफूलाई टिप्पणी नगराउन आग्रह गरे । निर्वाचन समितिका सदस्यहरु पनि महाधिवेशन हुने नहुने विषयमा बोल्न तयार छैनन् ।

    “पार्टीका नेताहरु बसेर निर्णय गर्नुहोस् कि वडा अधिवेशन सकिएका जिल्लामा पालिका अधिवेशन अघि बढाउने कि १३ जिल्लाको कुरेर बस्ने भनेर,” समितिका एक सदस्य भन्छन्, “नेताहरुबीच नै झगडा छ भने निर्वाचनको प्रक्रिया हामीले कसरी अघि बढाउने ?” ती सदस्यका अनुसार निर्वाचन समितिमा पनि प्रक्रियासंगत रुपमा अघि बढ्ने कुरा भइराखेको छैन । समिति संयोजक महादेव यादव समितिमा आएका गुनासो सम्बोधन गर्नेभन्दा बेवास्ता गर्ने र संस्थापनको पक्षमा निर्णय गर्नेमा लागेको उनको आरोप छ ।

    नेपाली कांग्रेसको कार्यतालिका अनुसार काम भएको भए गत भदौ २७ गते नै पालिका अधिवेशन सकिनुपर्थ्यो । गत साउन केन्द्रीय समितिले गरेको निर्णयअनुसार भदौ २ गतेभित्र टुंग्याउने भनेको क्रियाशील सदस्यता अहिलेसम्म नटुंगिदा २७ गते हुने भनिएको पालिका अधिवेशन आगामी ९ गतेका लागि सारिएको छ । तर त्यो तालिका प्रभावित हुने निश्चित भइसकेको छ । पाँच दिनअघि असोज १ मै प्रदेश निर्वाचन क्षेत्रको अधिवेशन भइसक्नुपर्ने थियो भने प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा मंगलबार अधिवेशन हुनुपर्ने थियो ।

    आगामी १० गते हुने भनिएको जिल्ला अधिवेशन १८ गतृका लागि सारिए पनि अब पुनः तालिका प्रभावित हुने अवस्था सिर्जना भएको निर्वाचन समितिकै एक सदस्य बताउँछन् ।

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा मंसिर २५ देखि २७ सम्म ‘बिल्ड

    • २.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • ३.
      उत्कृष्ट नतिजा दिलाउने अङ्कुरम् एकेडेमीका विषयगत शिक्षक

    • ४.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ५.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ६.
      बिचौलियाको मारमा किसान

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.