चितवन । चितवन क्षेत्र नम्बर २ नेपाली कांग्रेसका महाधिवेसन प्रतिनिधिका उम्मेदवार वरिष्ठ समाजसेवी टंकनाथ पौडेलले क्षेत्र नम्बर २ का २८ जना असहाय अशक्तको स्वास्थ्य बिमा गर्ने घोषणा गरेका छन् ।
क्षेत्र नम्बर २ मा भरतपुर महानगरको १० वडासहित इच्छाकामना र कालिका गरी २८ वडा रहेकोले वडा कमिटीले सिफारिस गरी पठाएको एक वडाको १ जनालाई स्वास्थ्य बिमा गरिदिने घोषणा आफूले गरेको पौडेलले बताए ।
भरतपुर महानगरको वडा नम्वर ७ निर्वाचित कार्यसमितिले बधाई तथा परिचयात्मक कार्यक्रममा पौडेलले वडा नम्बर ७ को पार्टीको वडा कार्यालय भवन निर्माणको पहिलो ढलानमा १०० बोरा सिमेन्ट प्रदान गर्र्नेे प्रतिबद्धता समेत जनाए ।
राष्ट्रियता लोकतन्त्र समाजवादको पूर्ण पालना गरी नेपाली कांग्रेसलाई विधानअनुसार अगाडि बढाउन र जनताको सेवक कांग्रेस हो भन्ने अनुभुति दिलाउन आफूले उम्मेदवारी घोषणा गरेको पौडेलको भनाइ थियो ।








