चितवन । चितवनमा दोस्रो चरणको कोभिड–१९ को सन्दर्भमा मानव अधिकारको अवस्था सम्बन्धि जिल्लास्तरीय कार्यदल गठन गरिएको छ । भरतपुरमा मंगलबार भएको सरोकारवालाको भेलाले चितवन जिल्ला अदालत बार एशोसियसनका अध्यक्ष रामकृष्ण अधिकारीको संयोजकत्वमा कार्यदल गठन गरिएको हो ।
कार्यदलका सहसंयोजकमा गैर सरकारी संस्था महासंघ, नेपाल चितवनका अध्यक्ष सुरेशकुमार अधिकारी, सचिवमा नेपाल पत्रकार महासंघ चितवन शाखाका सचिव दीपेन्द्र अधिकारी, सह–सचिवमा शिक्षाका लागि राष्ट्रिय अभियान, नेपालका चितवन संयोजक रामचन्द्र आचार्य, कोषाध्यक्षमा सचेतना परामर्श नेपालका प्रतिनिधि सूर्य बोहोरा, सह–कोषाध्यक्षमा सानो घर अनाथलय बालिका गृहकी अनिता नेपाली चयन भएका छन् ।








