काठमाडौँ । प्रतिनिधिसभा बैठकको आज बस्दैछ । बिहीबार दिउँसो २ बजे बस्ने बैठकमा बजेटसँग सम्बन्धित २ वटा विधेयक पारित गर्ने कार्यसूची छ ।
बैठकले आर्थिक विधेयक २०७८ र राष्ट्र ऋण उठाउने विधेयक २०७८लाई पारित गर्ने सार्वजनिक सम्भावित कार्यसूचीमा उल्लेख छ । यसअघि नै विनियोजन विधेयक २०७८ पारित भइसकेको छ ।
सत्तापक्षले विधेयक अगाडि बढाइरहे पनि प्रमुख प्रतिपक्षी एमाले भने सदनमा नाराबाजी गर्दै आएको छ ।









