• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ६. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ७. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ८. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ९. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

कांग्रेस १४औँ महाधिवेशन: गाउँ तथा नगरअधिवेशन आज

  •   शनिबार, असोज ०९, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । नेपाली कांग्रेसले गाउँ तथा नगर अधिवेशन आज गर्दैछ। पार्टीको १४औँ महाधिवेशनअन्तगर्त दोस्रो चरणको अधिवेशन हुन लागेको हो। गत भदौ १८ गतेबाट सुरू भएको महाधिवेशनले वडा तहको नेतृत्व छानिसकेको छ। अब आजदेखि सुरू नभएको गाउँ तथा नगरअधिवेशनले पालिकामा नयाँ नेतृत्व चयन गर्नेछ। सातवटा स्थानीय तह रहेको चितवनमा पनि सबै पालिकामा निर्वाचन प्रकृया आजैदेखि सुरू भएको छ।

    गत भदौ २१ देखि २५ गतेसम्म भएको वडा अधिवेशनबाट निर्वाचिन वडा सभापतिसहित क्षेत्रीय प्रतिनिधिले पालिकामा नेतृत्व चयन गर्न पाउने छन्। पालिका अधिवेशनमा नेतृत्व छान्नको लागि चितवनको सातवटा पालिकामा गरी कुल दुई हजार ९१३ जना मतदाता छन्। भरतपुरमा एक हजार ४७०, रत्ननगरमा ४२३, खैरहनीमा २९४, राप्तीमा २२५, कालिकामा २२०, माडीमा १४८ र इच्छाकामना गाउँपालिकामा १३३ जना क्षेत्रीय प्रतिनिधि छन् ।

    जसमा ९८ जना वडा सभापतिहरू छन्। क्षेत्र नं. १ मा ९४२, २ मा ९९१ र ३ मा ९८० जना मतदाता छन्। पालिकामा हुने कार्यसमितिमा भने पालिकाअनुसार फरक फरक हुन आउँछ। भरतपुर महानगरपालिकामा सबैभन्दा धेरै वडा भएकोले भरतपुरमा सबैभन्दा बढी क्षेत्रीय प्रतिनिधि चुनिएका छन्। त्यसैले नगर समितिमा सबैभन्दा बढी कार्यसमिति पनि भरतपुरमै गठन हुने जिल्ला निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले जानकारी दिए। पदाधिकारी भने सबै वडामा समान हुने व्यवस्था छ।

    पार्टीको विधानअनुसार सात जनाको पदाधिकारी सबै वडामा हुनेछन्। सदस्यहरू मात्रै हेर्ने हो भने भरतपुरमा १४५, रत्ननगरमा ८०, राप्ती र खैरहनीमा समान ६५/६५, कालिकामा ५५, माडीमा ४५ र इच्छाकामनामा ३५ जना सदस्य निर्वाचित हुनेछन्। त्यसको लागि उम्मेदवारी घोषणा गरिसकेका नेताहरू मतदाताको घरदैलोमा चहारिरहेका छन्। सामाजिक सञ्जालको पनि भरपुर प्रयोग गर्दै भोट माग्दै हिँडेका छन्।

    सहमति हुने संभावना ज्यादै कम

    चितवनको सातवटै पालिकामा नेताहरूबीचको प्रतिष्पर्धा कडा हुने कांग्रेस चितवनले जनाएको छ। वडा तहमा जस्तै सहमतिमा सहजता नभएको कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठले बताए। ‘सबै पालिकामा दुई/दुई प्यानल आउने संभावना छ,’ उनले भने, भरतपुरमा अझ बढी छ।’ आज दिनभरीमा पनि सहमतिको प्रयास जारी रहने उनले बताए।

    ‘सहमतिमा आउन नसके लोकतान्त्रिक विधिमार्फत चुनाव हुन्छ,’ उनले भने, ‘हाम्रो चाहना के हो भने, वडामा जस्तै सौहार्दपूर्ण तरिकाले नेतृत्व चुनिन पाइयोस् भन्ने छ।’

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ६.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.