हेटौंडा । बागमती प्रदेशको राजधानी हेटौँडामा रुकुम पश्चिमको चौरजहारीमा जेठ १० गते भएको घटनाका दोषीलाई कारवाहीको माग गर्दै हस्ताक्षर संकलन सुरु गरिएको छ । हेटौँडाको बुद्धचोकमा सातदिनसम्म चल्ने हस्ताक्षर संकलन हुने जनाईएको छ । प्रत्येकदिन विहान ७ देखि ९ बजेसम्म हस्ताक्षर संकलन गर्ने जनाईएको छ । मकवानपुरको विभिन्न अधिकारबादी संघसस्थाले गरेको अभियानमा सबै न्यायप्रेमीलाई सहभागिता जनाउनको लागि अनुरोध गरिएको छ । पश्चिम रुकुम चौरजहारी–८ मा जाजरकोट भेरी नगरपालिका वडा नं ४ रानागाउँका नवराज विक र पश्चिम रुकुमको चौरजहारी ८ की एक युवतीका बीचको प्रेम सम्बन्ध रहेकोले विवाह गर्न विकसहितको समूह युवतीको गाउँ पुग्दा स्थानीयहरुले दलितले गैरदलित केटीसँग विवाह गर्न खोजेको भन्दै विकको समूहलाई कुटपिट गरी हत्या गरेको र भेरी नदीमा बगाईदिएको आरोप लगाईएको छ ।सो घटनामा प्रेम सम्बन्ध रहेका भनिएका विकसहित ६ जना युवाको ज्यान गएको थियो ।








