काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाको सरुवा भएको छ । अब मन्त्रालयका प्रवक्ताको जिम्मेवारीमा डा। जागेश्वर गौतम आएका छन् । मन्त्रालयमा आएका डा। गौतमलाई समन्वय महाशाखासहित प्रवक्ताको जिम्मेवारी दिइएको छ । बिहीबार परोपकार प्रसुति तथा स्त्रीरोग अस्पतालबाट डा। गौतमलाई मन्त्रालय तानिएको थियो । देवकोटालाई मन्त्रालयको गुणस्तर मापन महाशाखाको जिम्मेवारी दिइएको छ ।








