• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक १२, २०८३
☰
बिहिबार, कार्तिक १२, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ४. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ५. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • ६. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ७. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

  • ८. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ९. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • १०. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

पर्यटन पूर्वाधार निर्माण भईसकेका गन्तव्यहरुको प्रवर्धनमा सामुहिक रुपमा जुटौंः मेयर दाहाल

  •   सोमबार, असोज ११, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन । भरतपुर महानगरपालिकाकी प्रमुख रेनु दाहालले भरतपुर महानगरपालिका भित्र रहेका महत्वपूर्ण गन्तव्यहरुमा पर्यटन पूर्वाधार निर्माण भईसकेकाले यसलाई शसक्त ढंगले प्रर्वधन गर्न सरोकारवालाको सामुहिक प्रयास हुनुपर्ने बताएकी छिन् । ४२औ विश्व पर्यटन दिवसको अवसरमा ज्ञानेश्वर सामुदायिक बन परिसरमा चितवन पर्यटन विकास समितिले आयोजना गरेको बृक्षरोपण सरसफाई तथा गन्तब्य प्रवर्धन कार्यक्रममा बोल्दै मेयर दाहालले पर्यटन क्षेत्रको विकास र प्रवर्धन मार्फत समृद्धि हासिल हुने बताउदै भरतपुर महानगरपालिकाले सोही बमोजिम काम अगाडि बढाईरहेको बताएकी हुन् ।

    उनले महानगर पर्यटकको केन्द्रको रूपमा रहेको भन्दै जल, जमिन र जंगलको समुचित सदुपयोग गरी यसको प्रबर्धनमा लाग्नुपर्ने बताईन् । पर्या पर्यटन, ईको पार्कका साथै सामुदायिक बनहरूलाई पर्यटकिय केन्द्रको रूपमा विकास गरी आय आर्जनको अतिरिक्त माध्यम बनाउन दाहालले आग्रह गरिन् । उनले भरतपुर महानगरपालिकाले व्यवस्थीत सडक संजाल निर्माण गरिसकेको बताउदै यसले पर्यटन प्रर्वधन र विकासमा सहयोग पूर्याउने बिस्वास व्यक्त गरिन् । नारायणी नदी किनारलाई सी बिच मोडलको रूपमा विकास गर्ने कामको सुरूवात भैसकेको भन्दै यो निर्माण सम्पन्न हुदा एउटा नमुना गन्तब्य बन्ने दाहालको भनाइ छ ।

    भरतपुरमा रमणिय घुम्ने पर्यटकिय स्थलको कमी नभएको भन्दै पार्क मन्दिर खेल पर्यटनको लागि निर्माणाधिन गौतमबुद्ध अन्तराष्टिय क्रिकेट रंगशाला, सिटीहल, नारायणी नदिमा जल बिहार र चितवन राष्ट्रिय निकुन्जभित्र पाटेबाघ तथा एक सिंगे गैँडा लगायतका जंगली जनावरको अवलोकन भरतपुरको विशेषता भएको उनको भनाई छ । उनले यस्ता पर्यटकिय क्षेत्रहरूको पहिचान विकास र बिस्तारमा सबैलाई ध्यान पूर्याउन आग्रह समेत गरेकी छन् । कार्यक्रममा भरतपुर महानगरपालिकाका पर्यटन विज्ञ विश्वराज सुबेदिले ४२औँ विश्व पर्यटन दिवसको शुभकामना व्यक्त गर्दै पर्यटनको गुणात्मक विकासबाट लक्ष हासिल गर्न सकिने बताए ।

    उनले चितवन भरतपुरको ज्ञानेश्वर ब्लक पर्या पर्यटन र स्पोर्ट टुरिज्मको रूपमा विकास गर्ने सम्भावना भएको भन्दै सबै सरोकारवालहरुको सामुहिक प्रयास मार्फत अगाडि बढेमात्र लक्ष्य हासिल गर्न सकिने बताए । सो अवसरमा होटल व्यवसायी संघका केन्द्रिय उपाध्यक्ष दिनेस कुमार चुकेले विश्व पर्यटन दिवसको शुभकामना व्यक्त गर्दे पर्यटन क्षेत्रको समग्र विकास मार्फत समृद्धि हासिल गर्नुपर्ने बताए । पर्यटकिय क्षेत्रको पहिचान विकास र प्रर्वधनमा सबैको सामुहिक चासो र लगानी हुनुपर्ने उनको भनाइ छ ।

    कार्यक्रममा चितवन पर्यटन विकास समितिका सदस्य सुरबिर पोखरेलले पर्या पर्यटनको विकास गर्दै यसको प्रवर्धनमा सामुदायिक बनहरू सबै लागि पर्ने बताए । चितवन पर्यटन विकास समितिका अध्यक्ष खेम भट्टको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ज्ञानेश्वर सामुदायिक बन उपभोक्ता समितिका अध्यक्ष राजन अधिकारी लगायतले भरतपुरको पर्यटन विकासको सम्भावना र अवसरहरूको बारेमा आआफ्नो धारणा व्यक्त गरेका थिए । सो अवसरमा सामुदायिक बन परिसरमा बृक्षरोपण समेत गरिएको थियो ।

     

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ४.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ५.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा

    • ६.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.