चितवन । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता अर्जुन नरसिंह केसीले १४ औं महाधिबेशनको क्रममा गाउँ तथा नगर अधिबेशन निपक्ष नभएको आरोप लगाउनुभएको छ । नेपाल प्रेस युनियन चितवनले आज (मंगलबार ) भरतपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले डडेलधुराको प्रशङ्ग जोड्दै देउवा पार्टी कव्जा गर्ने रणनितिले अघि वढेकोले निपक्ष निर्वाचन गर्न नसकेको बताउनुभयो ।” महाधिबेशनको मिति सारेको सा¥यौ गर्नेले पार्टी कव्जा गर्न खोजेको बुझिने उहाँको भनाईथियो ।
संस्थापन इतरको समुहबाट एउटा मात्रै उम्मेदवार वन्नु पर्ने जोड दिनुभयो । उहाँले प्रधानमन्त्री देउवाले पार्टी भित्र आफू बलियो हुने कुरामा मात्रै गरेको बताउनुभयो । उहाँले यसप्रकारमा देउवा अघि बढ्दै गए पार्टी संकटमा पर्ने बताउनुभयो । उहाँले काङ्ग्रेस भित्र रहेका नेताहरूले आफ्नो स्वार्थ नहेरी पार्टीलाई संस्थागत सुदृढीकरण गर्न समझदारी देखाए भने सभापति पदको हकदार जो बनेपनि आफू पुर्ण रुपमा सहयोग गर्न तयार रहेको बताउनुभयो । नेता केसीले एक भन्दा बढी उम्मेद्वार हुने अवस्थामा आफै सभापति पदमा चुनाव लड्ने घोषणा समेत गर्नुभयो ।
केसीले भन्नुभयो ‘नेता होइन, नीति प्रधान बनाउँ, व्यक्ति होइन विचार प्रधान बनाउँ, यो संघर्षको क्रममा जो इच्छुक हुनुहुन्छ । सहमति गरेर जो भएपनि होऔं, एक बनौँ’, उहाँले थप्नुभयो , ‘एक हुन सकेनौँ भने सभापतिको उम्मेदवार म पनि हो ।’ त्यस्तै केसीले पार्टी सभापतिले महाधिबेशनको नाममा पार्टी कव्जा गर्न खोजेको समेत आरोप लगाउनु भएको छ ।
उहाँले सभापति देउवा पार्टीलाई बिधि मार्फत चलाउन नखोजि व्यक्तिबाद लाद्न खोजेको आरोप लगाउनु भयो । उहाँले ” देउवा पार्टी कव्जाको रणनितिमा लाग्दा महाधिबेशनको समय सारिएको बताउनुभयो ।” उहाँले थप्नुभयो “पार्टी कव्जा कसरी गर्न सकिन्छ भन्ने नीतिमा सभापति लागेका कारण तोकीएको समयमा महाधिबेशन नभई पटक पटक सार्ने काम भएको छ ।”
राष्ट्रियताको बिषयमा देखिएका बिबादहरु पुनरावलोकन गर्नु पर्ने उहाँको भनाई थियो ।एमसिसिका बिषयमा भने जनताको विश्वास लिएर मात्र सरकार अघि वढ्नु पर्ने उहाँले जोडदिनुयो ।








