पोखरा । नेपालमा थप एक जनाको कोरोना भाइरसको कारण मृत्यु भएका छ । गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य र्देशनालयले सोमबार बिहान प्रेस विज्ञप्ती जारी गर्दै कोरोना संक्रमणको कारण आईसोलेसनमा भर्ना गरिएका स्याङ्जाका एक वृद्धको निधन भएको जानकारी दिएको छ । वालिङ नगरपालिका स्थायी ठेगाना भएका बर्ष ६० का वृद्धको निधन भएको निर्देशनालयले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ।









