चितवन । कम्पनी रजिष्ट्रार कार्यालय काठमाण्डौको आधिकारिक सेवा केन्द्रको अनुमति पत्र प्राप्त ग्राफिक मार्ग प्रा।लीले दुई महिनामै ५० बढी कम्पनी दर्ता गरेको छ । भरतपुर महानगरपालिका ११ बाइपास रोड स्थित यो कम्पनीले २०७६ साल वैशाख ४ गते देखि सेवा दिन शुरु गरेको कम्पनीले छोटो अवधिमै सफल कम्पनीको रुपमा परिचय बनाएको हो । २०७८ असार १४ गते नेपाल सरकार उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालय, कम्पनी रजिष्ट्रारको कार्यालयले नेपालका जुनसुकै ठाउँका कम्पनीहरु दर्ता गर्ने देखि खारेजी गर्ने सम्मका सम्पूर्ण कामहरु गर्नको लागि आधिकारिक सेवा केन्द्रको अनुमती पत्र (लाईसेन्स) पाएको थियो ।
अनुमति पाएको समयदेखि असोज ११ सम्म ५० बढी कम्पनी दर्ता गरिसकिएको प्रवन्ध निर्देशक जनक खड्काले जानकारी दिनुभयो । आधिकारिक सेवा केन्द्रको अनुमति पत्र पाएपछि जनविश्वास ह्वात्तै बढ्यो खड्काले भन्नुभयो,तीन महिनाको लक्ष्य दुई महिनामै पूरा भयो ।” सेवाग्राहीको माग र चाप बढ्दै जाँदा कम्पनीले सेवाकेन्द्र समेत स्थापना गरेको छ । ग्राफिक मार्गले दाङको बिजौरी, नवलपुरको कावासोती, धनुषाको जनकपुर, काठमाण्डौको त्रिपुरेश्वर, तनहुँको दमौली र पोखराको रत्नचोक,नेपालगञ्जको कोहलपुरमा सम्पर्क कार्यालयहरु सञ्चालनमा ल्याएको खड्काले जानकारी दिनुभयो ।
कम्पनी दर्ता, ट्याक्स,भ्याटको कार्यमा धेरैले झण्टिलो हुने गुनासो बढेपछि सहज रुपले सेवा दिदै आएको कारण कम्पनी प्रति विश्वास बढेको खड्काको भनाई छ । उहांँका अनुसार कम्पनीले व्यवस्थित प्रणाली, आवश्यक सुझाव र सरल तरिकाले सेवा दिँदै आएर्को छ । ग्राफिक मार्गले साउन ९ देखि कार्तिक ९ सम्मको अवधिमा ५० कम्पनी दर्ता गर्ने लक्ष्य राखेकोमा कम्पनीले अहिले नै ५० बढि कम्पनी दर्ता गर्न सफल भएको हो । यहाँ नयाँ कम्पनी दर्ता देखि खारेजी सम्मका सम्पूर्ण कार्यका साथै कर,भ्याट,अडिट लगायतका कार्य हुंँदै आईरहेको छ । जनताको विश्वास र गुणस्तरीय सेवा उपयुक्त सेवाशुल्कमा सेवा दिँदासँगै यो लक्ष्य प्राप्त भएको उहाँले बताउनु भयो ।
कम्पनी दर्ता भएर औपचारिक काम सुरुवात भए देखि २०७८ आषाढ मसान्त सम्म २४८ वटा नयाँ कम्पनी दर्ता र १६३ वटा पुराना कम्पनी तथा कर भ्याट सम्बन्धी कामहरु गरिसकेको छ । ग्राफिक मार्गले यो आर्थिक वर्षमा झण्डै २४० वटा नयाँ कम्पनी दर्ता, २७५ वटा पुराना कम्पनीहरुको काम गरि सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । सेवाग्राही लाई छिटो छरितो र शुलभ सेवा शुल्कमा काम गर्नुपर्ने दयित्व तथा जिम्मेवारी महसुस गरेको बताउँदै प्रबन्ध निर्देशक खड्काले चाडपर्वहरुलाई मध्यनजर गर्दै अफर समेत जारी गरिरहेको बताउनु भयो ।
यही साउन ९ गते देखि कार्तिक ९ गते सम्म जारी फेस्टीवल अफर अन्तर्गत यो अवधिमा दर्ता हुने कम्पनीहरुको सेवा शुल्क रु७ हजार ९९९।– मात्र तोकिएको छ । यस्तै यो अवधि भित्र दर्ता भएका कम्पनीहरु मध्येबाट गोलाप्रथाबाट प्रथम, द्वितीय र तृतीय गरि ३ प्रकारका उपहार प्रदान गरिने योजना समेत रहेको खड्काले बताउनुभयो । गोलाप्रथाबाट प्रथम हुनेलाई कम्पनी दर्ता गर्दा लागेको सेवाशुल्क रकम फिर्ता गरिने,दोस्रो उपहारमा ३ महिने विवरण पेश गर्दा लागेकोे रकम फिर्ता गरिने वा ३ महिने विवरण पेश गर्दा लाग्ने रकम निशुल्क हुने र तेस्रो उपहारमा आकर्षक गिफ्ट ह्याम्पर प्रदान गरिने उहाँको भनाई छ ।
यो उपहार योजनाको गोलाप्रथा २०७८ कार्तिक १२ गते सार्वजनिक कार्यक्रम गरि खोलिने खड्काले बताउनुभयो । साथै कम्पनीले विभिन्न किसिमका आकर्षक डिजाईन, सादा तथा रङ्गीन छपाई, भिजिटिङ कार्ड छपाई, क्यालेण्डर छपाईलगायत छपाई सम्बन्धि सम्पूर्ण कामहरु समेत गर्दै आएको छ । स्वदेशमै लगानी बढाएर रोजगार बढाउने उद्देश्यले २०७८ साउन ११ गते देखि ग्राफिक मार्ग प्रा।लि।को नेतृत्वमा ११ जना युवाहरु मिलेर ग्राफिक अफसेट प्रेस नामक छापाखाना समेत सञ्चालनमा ल्याएका छन् ।
अहिले यहाँबाट समेत सेवा नि थालिएको खड्काले बताउनुभयो ।








