काठमाडौं । नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु ८८ हजार ७ सय रुपैयाँ तोकिएको छ ।
सुनको मूल्य बुधबारको भन्दा २ सय रुपैयाँले घटेको हो । त्यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला रु ८८ हजार २५० कायम गरिएको छ । त्यस्तै आज चाँदीको मूल्य प्रतितोला रु एक हजार १२० कायम गरिएको छ ।
बुधबार पनि चाँदीको मूल्य प्रतितोला १ हजार १५५ रुपैयाँ थियो ।








