काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालको स्वास्थ्य सुधार हुँदै गएको छ । ज्वरो र खोकीको समस्या देखिएर महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका नेता नेपालको स्वास्थ्य अवस्था सुधार हुँदै गएको हो ।
बुधबार भर्ना गरिएका नेपालले अहिले कुराकानी गर्न थालेको र स्वास्थ्य सुधार भएको चिकित्सिकहरुले जनाएका छन् । उनी पछिल्लो समय विभिन्न जिल्लामा पार्टीको कार्यक्रममा दौडधुप गरिरहेका थिए ।
नेपाल अचानक विरामी परेपछि उनी सहभागी हुने भनिएको कार्यक्रम प्रभावित भएका छन् ।








