काठमाडौं । देशभर केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानमा मेघगर्जनसहित बर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको हो ।
शुक्रबार दिउँसो देशभर सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । शुक्रबार राती पनि देशभर आंशिकदेखि सामान्य बदलीको सम्भावना रहेको मौसमविद्हरुले बताएका छन्।
उनीहरुका अनुसार प्रदेश २ का धेरै र अरु प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । भारतको झारखण्ड र आसपासतिर बनेको न्यून चापीय क्षेत्रको नेपालमा सामान्य प्रभाव परेको छ ।
हाल मनसुन न्यून चापीय रेखा औसत स्थानभन्दा केही दक्षिणतिर रहेको महाशाखाले जनाएको छ ।








