चितवन । भरतपुर महानगरलेपालिकाले ज्येस्ठ नागरकिहरुको हक र अधिकार प्राप्तीको लागि पहल गरिरहेको भरतपुर महानगरकी प्रमुख रेनु दाहालले बताउनुभएको छ। आज भरतपुर महानगरपालिकाले आयोजना गरेको कार्यक्रममा बोल्नु हुँदै उहाले सो बताउनुभएको हो।
महानगरले जेष्ठ नागरिकहरुका लागि सबै वडामा डे केयर सेन्टर निर्माणको योजना अघि सारेको समेत मेयर दाहालले बताईन् । जेष्ठ नागरिकहरुलाई सम्मान कार्यक्रमलाई आगामी दिनमा पनि यसरी नै निरन्तरता दिने उनले बताईन् । त्यस्तै भरतपुर महानगरपालिकाले ३१ औं जेष्ठ नागरिक दिवसको अवसरमा जेष्ठ नागरिकहरुलाई सम्मान गरेको छ ।
उद्योग वाणिज्य संघ नारायणगढमा एक कार्यक्रमकाबीच जेष्ठ नागरिकहरुलाई सम्मान गरिएको हो ।महानगरपालिका अन्तर्गतका २९ वटै वडाका पाँच-पाँच जना जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । यस्तै एक सय वर्ष नाघेका १३ जना जेष्ठ नागरिकलाई सम्मानपत्रसहित सम्मान गरिएको छ ।
कार्यक्रममा महानगर प्रमुख रेनु दाहाल, उपप्रमुख पार्वती शाह ठकुरी, प्रमुख जिल्ला अधिकारी आसमान तामाङ, महानगरका प्रमुख प्रशासकीय अधिकृत रामबन्धु सुवेदी, चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) ओमप्रसाद अधिकारीलगायतले दोसल्ला, पौष्टिक आहार र एक/एक हजार रुपैयाँ यातायात खर्चसहित जेष्ठ नागरिकहरुलाई सम्मान गरेका थिए ।
स्थानीय सरकार आएपछि कार्यक्रम नै गरेर महानगरले पहिलो पटक जेष्ठ नागरिकलाई सम्मान गरेको हो ।कार्यक्रम उद्योग वाणिज्य सघ चितवनको सभाहलमा सम्पन्न भएको थियो ।








