चितवन । जिल्लामा गरिएको कोरोना परिक्षणका क्रममा एक जना चिकित्सक सहित २० जनामा कोरोना संक्रमण देखिएको छ । भरतपुर कोभिड १९ प्रयोगशालामा गरिएको परिक्षणका क्रममा जिल्लाको बिभिन्न स्थानबाट ल्याईएको स्वाब परिक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको स्रोतले जनाएको छ । स्रोतका अनुसार भरतपुरमा रहेको एक निजि अस्पतालका फिजिसिनमा कोरोना देखिएको हो । अन्यको परिक्षण भईरहेको थपिन सक्ने स्रोतले जनाएको छ । थप बिबरण भरतपुर अस्पतालले पत्रकार सम्मेलनको आयोजना गरि जनाउने भएको छ । अहिले जिल्लाका बिभिन्न स्थानीय तहमा रहेका क्वारेन्टिनबाट ल्याईएको स्वाब परिक्षण गरिएको हो । आज ल्याईएर परिक्षण गरिएका सबै स्वाब भारतबाट नेपाल फर्किएकाहरु हुन । आज चितवन सहित धादिङ, अर्घाखाँची, नवलपुर लगाएतका जिल्लाबाट नमुना संकलन गरि ल्याईएको थियो ।








