चितवन। चितवनमा शनिबारदेखि अवरुद्ध भएको इन्टरनेट सेवा सुचारु भएको छ । हिजोदेखि अवरुद्ध इन्टरनेट आइतबार अपरान्हबाट सुचारु भएको हो । लामो समयदेखि इन्टरनेट सेवा प्रदायक कम्पनीले पोल तथा फाइबरको बक्यौता रकम भुक्तानी नगरेको भन्दै विद्युत् प्राधिकरणले इन्टरनेटका तार काटेको थियो ।
आज जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको सरोकारवालाहरुको बैठकले अवरुद्ध इन्टरनेट सेवा सुचारु गर्ने निर्णय गरेको थियो । पोलको भाडाको बिषयमा भने केन्द्रबाट नै निर्णय हुने सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी शर्माले जानकारी दिए । प्राधिकरणले यसअघि नै विभिन्न समयमा तीनपटक सार्वजनिक सूचना नै प्रकाशन गरी यही असोज १५ गतेसम्म बक्यौता रकम भुक्तानी नभए तार काट्ने चेतावनी दिएको थियो ।
सोही अनुसार १६ गतेदेखि प्राधिकरणले तार काटेको हो ।








