काठमाडौँ । नेपालमा थप ३ सय १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमार्फत् नवनियुक्त प्रवक्ता डा। जागेश्वर गौतमले देशका विभिन्न स्थलमा सो संक्रमण देखिएको बताए । संक्रमितमध्ये अधिकांश क्वारेन्टाइनमा बसेकाहरू छन्। योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३७६२ पुगेको छ। तीमध्ये १४ जनाले ज्यान गुमाएका छन् भने ४८८ जना निको भएका छन्।








