काठमाडौं । नेपालमा भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव परेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं २ बाहेक अन्य सबै प्रदेशका थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ।
सोमबार दिउँसो देशभर आन्शिक देखि सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।








