चितवन । भरतपुर नेपाल भेटेरिनरी विद्यार्थी एशोसियसन, कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर चितवनको अध्यक्षमा उत्सव ढकाल चयन भएकाछन् ।
ढकालको नेतृत्वमा चयन भएको २२ औं कार्यसमितिको वरिष्ठ उपाध्यक्ष कमल बस्याल, उपाध्यक्ष रश्मि ठाकुर, सचिव निशान दाहाल, कोषाध्यक्ष प्रदीप भण्डारी, सह सचिव उमेश शाह र सह कोषाध्यक्ष अनुप पाण्डे चयन भएकाछन् । नव गठित १३ सदस्यिय कार्यसमितका सदस्यहरुमा अम्बिका अधिकारी, प्रविन पुरी, प्रज्वल पोख्रेल,पदम बोहोरा, कपिल शर्मा लामिछाने र आशिष पन्थ रहेकाछन् ।
२१ औं कमिटिका अध्यक्ष भावना देवकोटाको अध्यक्षतामा सम्पन्न अधिवेशनबाट नयाँ नेतृत्व आएको हो । भेटेरिनरी शिक्षामा विद्यार्थीका लागि आवश्यक सेवा सुविधाका लागि पहल गर्ने तथा सुधारका लागि क्याम्पस प्रशासनसंग समन्वय गर्ने अध्यक्ष ढकालले बताए ।
भेटेरिनरी शिक्षामा विद्यार्थीको आकर्षण बनाइराख्न समयानुकुल परिवर्तनका लागि एशोसियसनको दवाव संधै रहने उनले बताए ।








