चितवन । चितवनमा थप सात जनामा कोरोना संक्रमण पुष्टि भएको छ । सोमवार साँझ आएको नतिजा अनुसार उनीहरुमा संक्रमण पुष्टि भएको हो । भरपुर महानगरपालिकाको क्वारेन्टाइनमा रहेका सात जनामा संक्रमण भेटिएको हो । संक्रमण देखिएका सबै क्वारेन्टाइनमा बसेका छन । महानगरपालिकाको वडा नम्बर ११ , १९ र २० मा एक र एक जनामा संक्रमित फेला परेको भरतपुर अस्पतालका प्रमुख मेडीकल सुपरिटेण्डेन्ट डा।श्रीराम तिवारीले जानकारी दिए । त्यस्तै वडा नम्बर २७ र २८ मा दुई र दुई जना संक्रमित फेला परेका छन । यसअघि २३ जनामा संक्रमणको पुष्टि भएको छ । चितवनमा सोमवार मात्रै नयाँ संक्रिमतको संख्या ३० जना छन ।








