काठमाडौं । आज बिहान काठमाडौंको आकाशमा बदली छ । जसकारण घाम झुल्किन सकेको छैन । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार मनसुनी वायु र स्थानीय वायुको प्रभावका कारण यस्तो भएको हो ।
दिउँसो उपत्यकाका केही स्थानमा हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको उनले जानकारी दिए । हाल भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा छ। दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ ।
कर्णाली र सुदूरपश्चिम प्रदेशका एक÷दुई स्थानमा वर्षाको आँकलन गरिएको छ । प्रदेश १, २ बागमती, गण्डकी र लुम्बिनीमा पनि वर्षा हुनसक्ने ठानिएको छ ।








