• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
शुक्रबार, कार्तिक १३, २०८३
☰
शुक्रबार, कार्तिक १३, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै ‘चितवन राइनोज’

  • २. दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

  • ३. दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी, मृत्यु हुनेको सङ्ख्या ७५ र घाइते हुनेको सङ्ख्या ५० प्रतिशतले घट्यो

  • ४. तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

  • ५. कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा मन्दिरमा पूजाअर्चना

  • ६. हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ : कुलमान घिसिङ

  • ७. चितवनमा तीन महिनामा तीन हजारभन्दा बढीले लिए वंशजका आधारमा नागरिकता

  • ८. चितवनमा सडक सुरक्षा सुधार अभियान तीव्र, ७२ घण्टाभित्र काम सक्न निर्देशन

  • ९. निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

  • १०. दसैँमा सौराहामा आन्तरिक पर्यटकको चहलपहल कम

भरतपुर महानगरभित्रका सबै वडामा स्वास्थ्य सेवा विस्तार

  •   बिहिबार, असोज २१, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    चितवन। पछिल्लो समय भरतपुर महानगरभित्रका सबै वडामा स्वास्थ्य सेवा विस्तार गरिएकोे छ । ‘मेडिकलहब’का रुपमा विकसित हुँदै गएको महानगरमा पछिल्लो समय २९ वडाका ३९ स्वास्थ्य केन्द्र सञ्चालित छन् । सङ्घीयस्तरको भरतपुर, बिपी कोइराला मेमामेरियल क्यान्सर र भरतपुर आँखा अस्पताल सहित दुई मेडिकल कलेज, दुई दर्जन हाराहारी निजी अस्पतालले सेवा प्रदान गरेका छन् । महानगरले १३ स्वास्थ्यचौकी, एक प्राथमिक स्वास्थ्य केन्द्र, १४ आधारभूत स्वास्थ्य केन्द्र, दुई नगर स्वास्थ्य केन्द्र, एक सामुदायिक एकाइ, एक मातृशिशु क्लिनिक, एक स्वास्थ्य क्लिनिक, छ आयुर्वेद औषधालय सञ्चालन गरेको छ ।

    यी स्वास्थ्य सस्थामा आठ चिकित्सकसहित २०० हाराहारी स्वास्थ्यकर्मी कार्यरत छन् । सामान्य अवस्थाको उपचार सेवा महानगरवासीले गाउँमा नै पाउने गरेका छन् । महानगरमा १९ स्वास्थ्य केन्द्र स्थानीयस्तरबाट जनशक्ति परिचालन गरी सञ्चालन गरिएको छ । भरतपुर अस्पतालमा महिला, ज्येष्ठ नागरिक तथा अपाङ्गता भएकालाई निःशुल्क बहिरङ्ग टिकटको व्यवस्था गरिँदै आइएको छ । यसबाट वार्षिकरूपमा दुई लाख जनाभन्दा बढी प्रत्यक्ष लाभान्वित भएका छन् । महानगरले यसका लागि वार्षिक रु ६० लाख खर्च गर्दै आएको छ । गर्भवतीलाई अस्पताल लैजान आवश्यक पर्ने एम्बुलेन्सको शुल्क महानगरले भुक्तानी गर्दै आएको छ ।

    महानगरले शिवनगर र शारदानगरमा कोभिड आइसोलेशन बनाएर चिकित्सकसहित सेवा दिँदै आएको छ । शिवनगरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी भिडियो एक्सरे र डिजिटल एक्सरेसहितको १५ शय्याको कोभिड अस्पताल बनाइएको छ साथै दिगोपनका लागि भवन निर्माण, मर्मत तथा विस्तार गरी आवश्यक पूर्वाधार निर्माण गर्ने काम भइरहेको छ । यसैगरी शारदानगरमा १५ शय्याको कोभिड अस्पताल सञ्चालन गरिएको छ । सो अस्पतालको स्तरोन्नति र निरन्तरताका लागि आवश्यक कानुनी, आर्थिक र भौतिक संरचनाका लागि प्रदेश तथा सङ्घीय सरकारलाई आवश्यक विश्लेषणसहित पत्राचार गरिएको छ ।

    महानगरभित्र रहेका महिला स्वास्थ्य स्वयंसेविकालाई उत्प्रेरित गर्दै पहिलोपटक चाडबाड खर्चसमेत प्रदान गर्न सुरुआत गरिएको छ । दीर्घकालीन सेवा गरेका ३७ स्वास्थ्य स्वयंसेविकालाई नगद रु ५० हजारसहित सम्मान गरेर बिदाइ गरिएको छ । महिला स्वास्थ्य स्वयंसेविकालाई साइकल हस्तान्तरण अभियान सुरु गरिएको महानगर प्रमुख रेणु दाहालले जानकारी दिनुभयो । महानगरले कोभिडको समयमा उपचारका लागि उद्योग सङ्घको प्रदर्शनी केन्द्र र बागेश्वरीमा अस्थायी अस्पताल स्थापना गरी उपचार गरेको थियो ।

    हाल सोही प्रयोगशालामा कोभिड परीक्षण भइरहेको छ । कोभिडकै समयमा ४८ क्वारेन्टिन स्थापना र वडा वडाबाट स्वाब सङ्कलनसमेत गरिएको थियो । महानगरले कोभिडबाट मृत्यु भएपछि शव व्यवस्थापनका लागि निःशुल्क शववाहन र अन्त्येष्टिका लागि दाउरा उपलब्ध गराउँदै आएको छ । महानगरमा दाताहरुबाट प्राप्त स्वास्थ्य सामग्री र महानगर स्वयंले खरिद गरी गुणस्तरीय सेवामा प्रोत्साहन पुगोस् भन्नका लागि मातहतका स्वास्थ्य संस्थामा पु¥याउँदै आएको छ । महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरीका अनुसार महानगरपालिकालाई पूर्ण खोप महानगर घोषणा गरिएको छ ।

    महानगर मातहतका विद्यालयमा एक विद्यालय एक नर्स कार्यक्रमअन्तर्गत चार विद्यालयमा प्रदेश सरकारका समन्वयमा कार्यक्रम सुरुआत भएको र थप विद्यालयका लागि पहल भइरहेको उहाँले जानकारी दिनुभयो । महानगरले सुत्केरीलाई निःशुल्क झुल वितरण गर्दै आएको छ भने क्याल्सियम सप्लिमेन्टेसन कार्यक्रमको सुरुआत गरेको छ । महानगरले आफ्नै जनस्वास्थ्य ऐन २०७७ निर्माण तथा प्रमाणीकरण गरी कार्यान्वयन गरेको छ । महानगरमा गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा कार्यविधि २०७६, दीर्घकालीन सेवामा रहेका महिला स्वयंसेविकाको सम्मानजनक बिदाइ कार्यविधि २०७७, स्वास्थ्य संस्था दर्ता, अनुमति, नवीकरण तथा स्तरोन्नतिसम्बन्धी कार्यविधि २०७७ निर्माण गरिएको छ ।

    महानगरको पहलमा गैरआवासीय नेपाली महासङ्घसँग समन्वय गरेर रेडक्रस सोसाइटी चितवनलाई अत्याधुनिक रगत सङ्कलन बस हस्तान्तरण गरिएको छ । महानगरपालिकाको जनस्वास्थ्य शाखा प्रमुख दीपक सुवेदीका अनुसार गरिब, अतिविपन्न तथा पिछडिएका वर्गलाई निःशुल्क स्वास्थ्य बिमाको व्यवस्था गर्ने उद्देश्यका साथ यस वर्ष बजेट विनियोजन गरिएको छ । महानगरपालिकाको वडा नं १५ मा ५० शय्याको आयुर्वेदिक अस्पताल स्थापनाका लागि प्रदेश सरकारसँग आवश्यक प्रक्रिया अघि बढाइएको सुवेदीले जानकारी दिनुभयो । रासस

    निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी
    निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने
    बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    लोकप्रिय

    • १.
      दुर्लभ एक सिङ्गे गैँडा संरक्षणमा योगदान गर्दै

    • २.
      दसैँ बिदापछि सिएमसीमा नियमित ओपीडी सेवा सुरु

    • ३.
      दसैँमा चितवनमा सवारी दुर्घटनामा ७३ प्रतिशतले कमी,

    • ४.
      तिब्बतमा ७ म्याग्निच्युडको भूकम्प, १६ जनाको मृत्यु

    • ५.
      कोजाग्रत पूर्णिमामा राष्ट्रपति पौडेलद्वारा भक्तपुरको प्रसिद्ध नवदुर्गा

    • ६.
      हरित क्रान्ति मार्फत देशलाई समृद्ध बनाउँछौँ :

    भर्खरै

    • १.
      निर्माण व्यवसायी संघ चितवनको सदस्य पदमा युवा व्यवसायी रोबन दवाडी (रोयल) को उम्मेदवारी

    • २.
      निजी विद्यालयको ३० प्रतिशत शुल्क वृद्धि फिर्ता गराउन दलहरूद्वारा दबाब दिने

    • ३.
      बिहीबारदेखि देशका विभिन्न क्षेत्रमा वर्षा हुने

    • ४.
      विदेशी फूलको आयात रोक्न किसानको माग

    • ५.
      परराष्ट्रमन्त्री खनालसँग फ्रान्सका नवनियुक्त राजदूत पुइगिन्जाको भेट

    • ६.
      देश गम्भीर अवस्थामा छ, आन्दोलनका लागि तयार रहनूस्ः ओली

    • ७.
      चितवनमा रहेको धान ‘जोन’मा उत्पादन बढ्यो

    • ८.
      चितवन राइनोजको जर्सीमा मन्त्री तामाङ, विराटनगरविरुद्धको जितले बढायो उत्साह

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.