नवलपुर । नवलपुरको दलदले बजारमा ‘जेब्रा क्रस’ बनाइएको छ । आज घटस्थापनाको दिन दलदले बजारमा ट्राफिक व्यवस्थापनमा सहज होस् भन्ने अभिप्रायले “ट्राफिक सुरक्षा कार्यक्रम“ अन्तर्गत उक्त ‘जेब्रा क्रस’ बनाइएको हो ।
उक्त ‘जेब्रा क्रस’ निर्माणका लागि स्थानीय रंग व्यवसायीहरुबाट आवश्यक सहयोग जुटाइएको हो भने लायन्स क्लब अफ दलदलेले सहजीकरण गरेका थिए । क्लब सदस्यहरुबाट नै स्वतःस्फुर्त सहयोग प्राप्त भएको थियो । यस्तैगरी राजमार्गमा गरिएको उक्त कार्यक्रम व्यवस्थापनमा सहजता होस् भनी नेपाल प्रहरीको प्रहरी सेवा कार्यालय रजहरले ट्राफिक प्रहरी खटाएर सहयोग गरेका थिए ।
कार्यक्रममा क्लबका अध्यक्ष जीवलाल पराजुलीले उपस्थित सम्पूर्णलाई धन्यबाद दिएका थिए भने क्लबका सदस्य कृष्णप्रसाद भुर्तेल संयोजकत्वमा सम्पन्न भएको थियो ।








