हेटौंडा । हाल बंगलादेश तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको केही प्रभाव नेपालमा परेको छ।
मौसम पूर्वानुमान महाशाखा अनुसार हाल देशको पहाडी भू-भागमा आँशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा सामान्यतया सफा देखि आंशिक बदली रहेको छ।
महाशाखा अनुसार यस्तो छ आजको मौसम:
२०७८ आश्विन २३ गते (शनिबार)
दिउँसो: देशभर आंशिक देखि सामान्य बदली रही लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानहरुमा र बांकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन/ चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
राती: देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश १, बागमती प्रदेश, गण्डकी र लुम्बिनी प्रदेशका प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।








