सुनसरी । सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट मंगलबार २८ जना कोरोना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । उनीहरुको दुई पटकसम्म पीसीआर जाँच गर्दा नेगेटिभ रिपोर्ट आएकाले घर पठाउनका लागि डिस्चार्ज दिइएको हो । डिस्चार्ज भएकाहरु १८ देखि ५६ वर्षका उमेर समूहका रहेको प्रतिष्ठानका प्रवक्ता प्रा.डा. निदेश सापकोटाले जानकारी दिए । भारतबाट फर्किएका उनीहरु दुई साताअघि कोरोना पुष्टि भएपछि उनीहरुलाई प्रतिष्ठानमा ल्याइएको थियो । प्रतिष्ठानको आइसोलेसनमा उपचाररत ५ जनाको स्वास्थ्य अवस्था सामान्य रहेको जनाईएको छ ।
बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २८ जना कोरोना निको भएर घर फर्किए
बी.पी.कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट २८ जना कोरोना निको भएर घर फर्किए
- अ
- अ
- अ








