• प्रमुख समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • राजनीति
  • मध्य नेपाल
  • आर्थिक
  • कृषि / पर्यटन
  • पत्रपत्रिका
  • खेलकुद
  • अन्तर्वार्ता
  • प्रदेश
  • फिचर
  • भिडियो
  • मनोरञ्जन
  • राशिफल
  • स्वास्थ्य / जीवनशैली
  • रोचक
  • विचार
  • शिक्षा
  • समाज
  • सम्पादकीय
  • साहित्य
  • सुरक्षा/अपराध
×
बिहिबार, कार्तिक ०५, २०८३
☰
बिहिबार, कार्तिक ०५, २०८३
    • मुलढोका
    • समाचार
    • राजनीति
    • समाज
    • अन्तर्राष्ट्रिय
    • प्रदेश
      • कोशी प्रदेश
      • प्रदेश २
      • वाग्मती प्रदेश
      • गण्डकी प्रदेश
      • लुम्बिनी प्रदेश
      • कर्णाली प्रदेश
      • सुदुरपश्चिम प्रदेश
    • आर्थिक
    • मनोरञ्जन
    • शिक्षा
    • खेलकुद
    • अन्तर्वार्ता
    • राशिफल
    • विविध
      • स्वास्थ्य / जीवनशैली
      • भिडियो
      • साहित्य
      • रोचक
      • सुरक्षा/अपराध

भर्खरै

लोकप्रिय समाचार

  • १. चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल बुकिङ्ग धमाधम गरिदै

  • २. मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै नेपथ्य

  • ३. क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

  • ४. प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

  • ५. जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

  • ६. सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

  • ७. बिचौलियाको मारमा किसान

  • ८. उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

  • ९. राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

  • १०. भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

एमाले ‘चुनावदेखि चुनावसम्मको गोलचक्कर’ मा फस्ने घनश्याम भुसालकाे चिन्ता

  •   आइतबार, असोज २४, २०७८ मा प्रकाशित
    • अ
    • अ
    • अ

    काठमाडौं । नेकपा (एमाले)का नेता घनश्याम भुसालले जनताको बहुदलीय जनवादलाई ‘चुनावदेखि चुनावसम्म’को यात्राका रुपमा मात्रै अभ्यास गर्न खोजीएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । नेता भुसाल आइतबार एमालेमाथि रिर्पोटिङ गर्ने पत्रकारहरुसँग अनौपचारिक अन्तरक्रियामा जोडिएका थिए । एमालेमा भएका समस्याबारे स्पष्टीकरण दिन आफू अन्तरक्रियामा जोडिएको बताएका भुसालले यही चुनावदेखि चुनावसम्मको गोलचक्करमा एमाले फस्ने हो कि भन्ने चिन्ता व्यक्त गरे।

    अहिलेसम्म जे–जे भयो र भोलि जे–जे प्राप्त हुनेछ, ती सबै जबजकै कारण भएका हुन् भन्ने सोलोडोलो बुझाइ र व्याख्याले समस्या उत्पन्न गरेको उनको भनाइ छ । ‘हिजो जे-जे भयो, जनताको बहुदलीय जनतवादले ल्यायो, आज जे हुँदैछ, त्यो जनताको बहुदलीय जनवादले गर्दैछ। र, भोलि के हुँदैछ, त्यो सबै जनताको बहुदलीय जनवादले हुन्छ भन्ने,’ उनको भनाइ छ, ‘तर पार्टीले के गर्ने भन्दा चुनाव गर्ने, सरकारमा जाने । सरकारमा जाने, चुनाव गर्ने ।

    चुनावदेखि चुनावसम्मको गोलचक्करमा फस्ने ।’ यद्यपि यो गोलचक्करमा बाहिर निस्कन आफूहरुले एमालेको नवौं महाधिवेशनमा सैद्दान्तिक योगदान गरेको भुसालको भनाइ छ। हालै सम्मपन्न विधान महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीले दलाल पुँजीबारे व्याख्या गरेकाले सैद्दान्तिकरुपमा आफ्नो जित भएको पनि उनले बताए । ‘विधान महाधिवेशनमा एउटा काम भएको छ, मैले ठूलो काम मानेको छु,’ भुसालले भने, ‘किनभने ओली कमरेड र उहाँको सेक्सन नै नवौं महाधिवेशनमा सन्तुष्ट थिएन ।

    उहाँहरुले त्यो कार्यदिशा होइन, मदन भण्डारीले जे भन्नु भएको छ, त्यो नै काफी छ भन्नुहुन्थ्यो ।’ उनले थपे, ‘राम्रो कुरा के भयो भने अहिले ओलीजी नै दलाल पुँजीको व्याख्या गर्ने ठाउँमा आउनु भएको छ। यसर्थ नवौं महाधिवेशनमा हामीले जुन कार्यदिशाको कुरा गरेका थियौं, अब त्यसमा विवादमा रहेन । यो फाइदाको कुरा हो । सकरात्मक कुरा हो ।’ आउँदो महाधिवेशनमा नेतृत्वको दावी रहन्छ कि रहँदैन भन्ने प्रश्नमा उनले एमालेले अंगिगार गरेको नीति आफूहरुको भएकाले नेतृत्व पनि आफूहरुकै हुनुपर्ने कूटनीतिकरुमा बताए। ‘

    अस्तिको महाधिवेशनमा हाम्रो अध्यक्ष कमरेड केपी ओलीले भन्नुभएको छ, नीति पुष्पलालको भयो तर उनलाई नेता बन्न दिइएन,’ भुसालले भने, ‘यसो गर्दा नीति नै प्रष्ट हुनुपर्ने र त्यस अनुसारको नेतृत्व हुनुपर्ने ओली कमरेडले भनेको हुनाले यो विवादित विषय नै रहेन कि ?’ भुसालले थपे, ‘जसले नेकपा एमालेको नेता हुन चाहनेछन्, एमालेको नीति हाम्रो हो भनेर पुष्टि गर्नुपर्छ भनेर हाम्रो अध्यक्षले जोड दिनुभएको सन्दर्भमा त्यसैलाई हेर्ने हो कि भन्ने लाग्छ ।’

    भर्खर पार्टी विभाजित भएको हुनाले अहिले यी मुद्दामा कार्यकर्तालाई कित्ताकाट गरेर नजाने कुरामा आफूहरु अहिले ओलीसँग पनि सहमतिकाे तर महाधिवेशनमा यसबारे बहस हुने उनको भनाइ छ। ‘पछिल्ला दिनमा हाम्रो सामूहिकता र हाम्रो संगठनात्मक प्रणाली धेरै नराम्रोसँग विग्रेर गएको छ,’ भुसालको भनाइ छ, ‘अस्ति विधान महाधिवेशन हामीले जसरी गर्यौं, यो हेर्ने हो र यसैलाई हामीले एमालेको सांगठानिक जीवन भन्ने हो भने वास्तवमा हामी ध्वस्त भइसकेका छौं ।’

    उनले थपे, ‘यसबाट मुक्त हुने कार्यक्रम पार्टीले दिन्छ कि दिँदैन र यो काम संस्थागत प्रणालीमा गर्छ कि गर्दै भन्ने कुरा आउँदो महाधिवेशन बहस हुनेवाला छ।’

    उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण
    प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान
    राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    लोकप्रिय

    • १.
      चितवनमा बिल्ड नेपाल एक्स्पोको तयारी शुरु, स्टल

    • २.
      मंसिर ३ गते सौराहामा पहिलो पटक घन्किदै

    • ३.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन

    • ५.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन

    • ६.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी

    भर्खरै

    • १.
      सिएमसी अस्पतालमै दसैँको टीका, बिरामीका निधारमा खुसी र आँखामा भावुकता

    • २.
      जसले चाहेर पनि परिवारसँग दसैँको टीका लगाउन पाउँदैनन्

    • ३.
      उपराष्ट्रपतिबाट बडादसैँको टीका ग्रहण

    • ४.
      प्रधानमन्त्री बालेनको विजयादशमी शुभकामना : भ्रष्टाचार, कुशासन र विभेद हटाउन एकजुट हुन आह्वान

    • ५.
      बिचौलियाको मारमा किसान

    • ६.
      भूमिगत जल सिँचाइ आयोजना अपुरा काममा केन्द्रित

    • ७.
      राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दशैँको टीका र जमरा

    • ८.
      क्युएफएक्स जलमाको तेस्रो हल शुक्रबारदेखि सञ्चालनमा आउने

    हाम्रो बारेमा


    हल्कारो मिडिया प्रा.लि. द्वारा संचालित
    www.halkarosamachar.com

    सूचना तथा प्रसारण विभाग दर्ता नं
    ३३८२-२०७८/७९

    सम्पर्क

    कार्यालय
    भरतपुर-९ , चितवन
    फोन
    9845611081,9855085081

    ईमेल
    halkarosamachar2020@gmail.com

    हाम्रो टीम

    हाम्रो टीम

    सामाजिक संजालमा हामी

    Halkaro Samachar

    Copyright ©2026 Halkaro News – Nepal | All rights Reserved.
     Website By :  Websoft Nepal Pvt. Ltd.